प्रधानमन्त्री सुशीला कार्की र दलहरूबीच छलफल सुरू भएको छ।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा अपराह्न साढे ४ बजेदेखि दलहरूसँग छलफल सुरू भएको हो।
चार बजेबाट सुरू हुने भनिएको छलफलमा तोकिएको समयभन्दा आधा घन्टा ढिला सुरू भएको छ।
छलफल कार्यक्रममा सरकार तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कृषिमन्त्री मदन परियार उपस्थित छन्।
त्यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाकार अजयभद्र खनाल पनि उपस्थित छन्।
बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत उपस्थित छन्।
नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्।
त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम छन्।
एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल सहभागी छन्। नेमकिपाबाट प्रेम सुवार सहभागी छन् त्यस्तै रेशम चौधरी र चन्दन सिंह पनि सहभागी छन्।
प्रधानमन्त्री कार्कीले पहिलो पटक आफैले दलहरूलाई बोलाएर निर्वाचनबारे छलफल गर्न लागेकी हुन्।
यसअघि राष्ट्रिपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमै दलहरूबीच छलफल भएको थियो।
तस्बिरहरूः
-1761045505.jpg)
-1761045504.jpg)
-1761045504.jpg)
-1761045502.jpg)
-1761045503.jpg)
-1761045503.jpg)
-1761045503.jpg)
-1761045501.jpg)
-1761045502.jpg)
-1761045502.jpg)
-1761045501.jpg)
-1761045501.jpg)
-1761045500.jpg)
-1761045500.jpg)
-1761045500.jpg)
-1761045500.jpg)