नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया गरेका छन्।
अन्तरक्रिया क्रममा अध्यक्ष ओलीले केही समयपछि ओलीलाई फेरि प्रधानमन्त्री बनाऔं भनेर विशेष सम्पादकीय लेख्ने दाबी गरेका छन्।
उनले अहिलेकै परिस्थिति कायम रहे केपी ओली पुन प्रधानमन्त्री बन्ने सम्भावना बढ्ने बताउँदै सो दाबी गरेका हुन्।
सुरक्षा चुनौती भएका व्यक्तिहरूको सुरक्षा खोसेर सरकारले वडाध्यक्ष, मेयर र आफ्ना निकटहरुको सुरक्षा बढाएको कुरा जनताले एक दिन बुझ्ने उनले बताए।
यही अवस्थामा फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा त सहँदैन। फेरि ल्याऔं केपी ओलीलाई, अरूबाट हुँदैन रहेछ। यस्तो अराजक हुन्छ देशमा भन्ने चल्छ,' उनले भने,'अहिले अलि मेलो पाउनु भएको छैन। अलि पछाडि मेलो पाउनुहुनेछ र सम्पादकीय लेखेर भन्नुहुनेछ- केपी ओली फिर्ता ल्याऔं भनेर। विशेष सम्पादकीय लेख्नुहुनेछ।'