नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन्।
'पूर्वप्रधानन्यायाधीशले संविधान त पढ्नु नै भएको होला। उहाँ प्रधानमन्त्री बन्न मिल्छ?,' उनले प्रश्न गरे।
अध्यक्ष ओलीले आफूमाथि सुरक्षा चुनौती बढेकै बेलामा सरकारले सुरक्षा फिर्ता लिएको पनि बताए।
'मेयरको सेक्युरिटी बढाउँछ। वडाध्यक्षको सुरक्षा बढाउँछ। आफ्नो गिरोहको मान्छेका सुरक्षा बढाउँछ। यस्तो हो भने त केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ,' उनले भने।