नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते गोली चलेको हल्ला आउनसाथ आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सोधेको बताएका छन्।
आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रर्दशनीको क्रममा एक-दुई जनालाई गोली लागेको सुनेसँगै गृहमन्त्री लेखकलाई सोधेको बताएका छन्।
'मैले गृहमन्त्रीलाई सोधेको थिएँ, रबरको गोली चलाइएको भन्नुभयो,’ ओलीले भने।
उनले गोली चलेको हल्ला सुनेपछि आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फोन गरेर सोधेका बताएका छन्।
शान्तिपूर्ण विद्यार्थी भाइबहिनीको आन्दोलन भइरहेको जानकारी आएको थियो। केही छिनपछि नयाँ बानेश्वरको ब्यारेकेट तोडिएको भन्ने जानकारी आयो। त्यसको एकैछिनमा गोली चलेको खबर आएको ओलीले बताएका छन्।
'सडकमा शान्तिसुरक्षा कायम गर्न बसेका प्रहरीहरूसँग एसएलआर जस्ता गोली दिएको हुँदैनन्,' उनले भने, 'एकैछिन चार जना विद्यार्थी मारिएको भन्ने खबर पनि आयो।'
त्यसपछि विद्यार्थी मारिनुपर्ने अवस्था आयो। शान्तिपूर्ण आन्दोलन सफल भयो भनेर भनिसकेको जेन-जीहरू किन मारिनु पर्यो भनेरसमेत आफूले सोधेको बताएका छन्।
भदौ २३ गते संसद भवन अगाडि पुगेपछि केही जेन-जी फर्किएपछि घुसपिठ भएको अर्थात दोस्रो च्याप्टर सुरू भएको उनले बताएका छन्।