नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाले पार्टी नेतृत्वमा रहेकाहरू को कसका एजेन्ट छौ स्वघोषणा गर्नु आवश्यक रहेको बताएका छन्।
शुक्रबारको केन्द्रीय कमिटी बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
‘पार्टीको नेतृत्वमा रहेकाहरूमा को कसका प्रतिनिधि/एजेण्ट पनि छौ? स्वघोषणा गर्नु आवश्यक देखिएको छ,’ थापाले भने।
एमाले केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले राखेको राजनीतिक प्रस्तावमा केन्द्रित रहेर आज पनि नेताहरूले धारणा राखिरहेका छन्।