नेकपा एमालेका पोलिट्ब्युरो सदस्य कृष्णबहादुर राईले प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लैजाने वा पार्टीले अंगीकार गर्ने हो भने पहिले गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन्।
शुक्रबारको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले सबै दलहरूसँग छलफल गर्न गोलमेच सम्मेलन गर्नुपर्ने र त्यसपछि मात्रै दलहरूको साथ मिलेका खण्डमा प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा अघि लैजानुपर्ने बताए।
‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि गोलमेच सम्मेलन गरौं, अहिले सडकबाट मात्रै मुद्दा स्थापित गर्ने अवस्था छैन,’ उनले भने, ‘पहिले सबै दलहरूसँग छलफल गरौं।’
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउन दिनुपर्ने बताए। भण्डारीमाथि अपमान भएका खण्डमा प्रतिवाद हुने कुरासमेत उनले राखेका थिए।