लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताएका छन्।
आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ठाकुरले भने, 'उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ता घटकको सर्वपक्षीय सहमति भएको हो।'
उनले आफूहरु पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गरे।
उनले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाइमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि बताए।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत समेत भइसकेको छ।