नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं बैठक बुधबारदेखि ललितपुरमा बस्दैछ। तीन दिनसम्म चल्ने उक्त बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बस्ने तय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
सुरक्षाको कारणले एमालेले केन्द्री कमिटी बैठक बस्ने स्थान खुलाएको थिएन। केन्द्रीय सदस्यलाई मंगलबार बिहान बैठक बस्ने स्थानबारे जानकारी गराइएको हो।
बुधबार, बिहीबार र शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ। शुक्रबार र आइतबार बसेको सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम साता ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यस्तै एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकमा त्यसबारे पनि छलफल हुनेछ।
केन्द्रीय कमिटी बैठक बुधबार बिहान ११ बजेबाट सुरू हुनेछ।