राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरुबीच हुने भनिएको छलफल स्थगित भएको छ।
आज शीतलनिवासमा तय भएको छलफल राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित भएको स्रोतको भनाइ छ।
अब सोमबार अपराह्न ३ बजे छलफल गर्ने तयारी छ।
जेनजीका प्रतिनिधिसँग आज छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि जेनजीहरू भेला भएका थिए।
राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गरेका थिए।