सरकारले सुरक्षा कटौती गरेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाका लागि जिम्माअब भूपू सैनिक, प्रहरी संगठन
र राष्ट्रिय युवा संघले गर्ने भएका छन्।
पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पार्टी सम्बद्ध भूपू सैनिक, प्रहरी संगठन ओलीको सुरक्षामा खटिन लागेका हुन्। बिहीबार गृह मन्त्रालयको मन्त्रीस्तरतीय निर्णय गर्दै शीर्ष नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षा योङ कम्युनिस्ट लिगले गर्न थालेका छन्।
‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूको सुरक्षा जिम्माअब भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन्। यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन , राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्,’ पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन्।