नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी आन्दोलनपछि आफू सेनाको हेडक्वार्टरमा बसेर सुरक्षित आएको बताएका छन्।
शुक्रबार प्रेस सेन्टरले आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा संयोजक प्रचण्डले प्रदर्शनपछि सेनाको हेडक्वार्टरमा बसेको र त्यहाँबाट सुरक्षित आएको बताएका हुन्।
भदौ २४ गते प्रदर्शन चर्किएर नेताहरूलाई सेनाले हेलिकप्टरमा उद्धार गर्दा आफू सिंहदरबारमै रहेको पनि बताए।
'म त्यो बेला सिंहदरबार भित्रै विपक्षी दलको बैठकमा थिएँ। बाहिर अवस्था ठीक छैन भनेर सुरक्षा निकायले मलाई भित्रै राख्यो,' उनले भने।
त्यसपछि आफैले प्रधानसेनापतिसँग कुरा गरेको प्रचण्डले बताए।
'आफै प्रधानसेनापतिसँग कुरा गरेर त्यहाँबाट सेनाको सुरक्षामा गएको हुँ। सेना कै हेडक्वार्टरमा बसेर सुरक्षित आइयो,' उनले भने।