एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ।
पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक शुक्रबार बस्न लागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिए।
एकीकृत समाजवादीले फागुनमा हुने निर्वाचनमा सहभागी हुने भनिसकेको छ। उसले निष्पक्ष निर्वाचनमा जोड दिएको छ।
समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ।
पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने प्रवक्ता ज्वालाले जानकारी दिए।