राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ।
आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकले पार्टीको विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थापनबारे निर्णय गर्नेछ।
त्यस्तै पछिल्लो असोज १७ देखि १९ गतेसम्मको मनसुनजन्य विपदमा पार्टीको सक्रियता र यसको निरन्तरताबारे पनि छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सद्भाव यात्रा गर्दैछ। त्यसको कार्यसूचीबारे आज छलफल हुने झाले बताए।