हामी नेपालका संस्थापक सुदन गुरूङ जिल्ला प्रहरी परिसर काठमाडौंमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध जाहेरी लिएर पुगेका छन्।
उनी सोमबार दिउँसो काठमाडौं प्रहरीकहाँ पुगेको प्रहरी स्रोतले बतायो।
यद्यपि उक्त जाहेरी दर्ता भइसकेको छैन।
स्रोतका अनुसार जाहेरी नलिएपछि उनीहरूको टोली प्रहरी परिसर बाहिरै बसेका छन्।
सोमबार मात्रै हामी नेपालले ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै 'अरेस्ट केपी ओली एन्ड रमेश लेखक' को अभियान चलाएका छन्।
अभियान चलाउँदा उनीहरूले लेखेका छन्, 'हत्याराहरूलाई पक्राउ गर वा कारबाही गर्न राज्य बाध्य हुनेछ।'