गृह मन्त्रालयको नवनिर्मित भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइने भएको छ।
सिंहदरबारको प्रधानमन्त्री कार्यालय जेनजीको आन्दोलन क्रममा प्रदर्शनकारीहरूले आगजनी गरिदिँदा ध्वस्त भएको छ।
प्रधानमन्त्री कार्यालय ध्वस्त भएपछि गृह मन्त्रालयका लागि बन्दै गरेको नयाँ भवनमा अब बन्ने प्रधानमन्त्रीको कार्यकक्ष राख्न लागिएको हो। यो भवन गत जेठ १५ गते निर्माण सम्पन्न भएको हो। ५६ करोड ४३ लाखमा भवन निर्माण भएको हो। बेसमेन्ट सहित ६ तल्ले भवनको पहिलो तल्लामा प्रधानमन्त्रीको कार्यकक्ष राखिनेछ। दोस्रो तल्लामा मुख्य सचिवको कार्यकक्ष रहनेछ। तेस्रो तल्लामा कर्मचारीहरुको कार्यक्ष रहने छ।
यो भवनमा ३ वटा ब्लक छन्। भूकम्पका बेला समेत क्षति नपुगोस् भनेर भवन सुरक्षीत ढंगले निर्माण गरिएको छ।
भवनमा ३ सय ५० वटा गाडी र डेढ सय मोटरसाइकल पार्किङ गर्न सकिनेछ।
भवनको चौथो तल्लामा झण्डै साढे ३ सय मानिस अट्ने हल छ।
त्यसका लागि तयारीका काम भइरहेको जनाइएको छ।
यो पनिः सिंहदरबारभित्र के-के जल्यो, कुन-कुन मन्त्रालय छन् बाँकी?
यो भवनमा गृह मन्त्रालय सरिसकेको छैन। त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनबाट सञ्चालन गर्न सकिने अवस्था छ।
पुरानो गृह मन्त्रालयको भवन भने ध्वस्त भएका छन्।
तस्बिरहरूः
-ink-1757672921.jpeg)
-ink-1757672920.jpeg)
-ink-1757672920.jpeg)
-ink-1757672919.jpeg)
-ink-1757672919.jpeg)
-ink-1757672918.jpeg)
-ink-1757672917.jpeg)
-ink-1757672919.jpeg)
-ink-1757672918.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।