सत्तारूढ नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ।
नेपाल शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमतिका आधारमा प्रधानमन्त्रीले नै आन्दोलनरत शिक्षकहरूसँग वार्ता र संवाद गर्नुपर्ने कांग्रेस शिक्षा विभागको भनाइ छ।
यो पनि: शैक्षिक हड्ताल घोषणा गरेका शिक्षकका माग के हुन्, अहिलेसम्म किन पूरा भएनन्?
कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले सोमबार निकालेको विज्ञप्तिमा शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेकोले सरकार प्रमुखले तत्काल वार्ता गर्नुपर्ने उल्लेख छ।
शिक्षकहरूसँग सरकारले विगतमा गरेका सहमतिअनुसार विद्यालय शिक्षा ऐन तत्काल ल्याउने वातावरण बनाउन पनि उनले माग गरेका छन्।
