नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएको सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आफ्नो मन्त्रालयअन्तर्गत जान जरूरी रहेको बताएका छन्।
आइतबार डा. सुमन कर्माचार्यको 'कात्रोमा खल्ती' पुस्तक विमोचन गर्दै कोइरालाले भने, ‘सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान तीनवटै प्रधानमन्त्रीअन्तर्गत छ। त्यो आ-आफ्नो मन्त्रालयअन्तर्गत जान जरूरी छ।’
सम्पत्ति शुद्धीकरण मुद्दा लागेसँगै सांसदको पद जाने र सम्पत्ति शुद्धीकरण प्रधानमन्त्रीमातहत रहेकोमा मानिसहरू डराइरहेको पनि कोइरालाले उल्लेख गरे।
भिडिओ: