काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
काठमाडौंका सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले महासंघको कार्यक्रमअनुसार सोमबारदेखि शैक्षिक हड्ताल गर्ने भएका हुन्।
यो पनि: आन्दोलित शिक्षकहरूको माग सम्बोधन गर्न महासंघले दिएको तीन विकल्प
शिक्षक महासंघ माघ २० गतेदेखि आन्दोलनमा छ। साथै चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन भइरहेको छ।
‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ,’ महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन महासंघले शिक्षकहरूलाई आग्रह गरेको उक्त विज्ञप्तिमा उल्लेख छ।
‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौं। यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं,’ महासंघले भनेको छ।
सरकारले शिक्षकहरूले उठाउँदै आएका विषयलाई विद्यालय शिक्षा विधेयकमा समेट्ने बताइरहेको छ।
यस्तो छ विज्ञप्ति:
