राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य दिपक बोहोराको निधनमा राप्रपाले तीन औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
मंगलबार नेता बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठक उक्त निर्णय गरेको हो।
यस्तै, बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ।
पार्टीले नेता बोहोराको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
नेता बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार दिउँसो २:०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने जनाइएको छ।
बोहोराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ।