राप्रपाका सांसद दीपक बोहराको निधनमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ।
काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार बोहराको निधन भएको थियो।
यो पनि: चार वर्षदेखि मौनतामा गुज्रिएका दीपक बोहरा
सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले मंगलबार विज्ञप्ति जारी गर्दै रूपन्देही क्षेत्र नम्बर ३ का सांसद बोहराको निधनमा बुधबार शोक बिदा दिएको उल्लेख गरेका हुन्।
पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रम भने सञ्चालन हुनेछ।
