अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सरकारी साक्षीले प्रतिवादीलाई सहयोग पुग्ने गरी बयान दिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
मंगलबार विशेष अदालतमा अख्तियारले संखुवासभाको पाँचखपन नगरपालिका-६ बस्ने भोजराज भट्टराईविरूद्ध मुद्दा दायर गरेको हो।
उनी धनेश्वर प्रसाईंले घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी भएका थिए।
साक्षी भट्टराईले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष प्रसाईंविरूद्ध बयान दिएका थिए।
तर विशेष अदालतमा बकपत्र गर्दा भने त्यसको प्रतिकूल हुनेगरी बकपत्र गरेको अख्तियारले जनाएको छ।
त्यसैले उनीविरूद्ध पनि अख्तियारले प्रतिवादी धनेश्वर प्रसाईं प्रतिवादी रहेकै मुद्दाकै बिगो तीन लाख रुपैयाँ कायम गरी मुद्दा दायर गरेको हो।
भट्टराईविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसारको सजाय मागदाबी गरेको छ।