संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका थिए।
