भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।
उनीहरूबीच सोमबार लखनउमा भेटवार्ता भएको हो।
उनीहरूले नेपाल-भारत सम्बन्धका बहुआयामिक पाटोहरूमा केन्द्रित रहेर कुराकानी गरेका थिए।
राजदूत शर्माले मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।
गोरखपुरमा गोर्खा संग्रहालय सुरू गरेकोमा आफूले खुसी व्यक्त गरेको र धन्यवाद पनि दिएको राजदूत शर्माको भनाइ छ।