सरकारको मन्त्रिपरिषदको बैठक सुरू भएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको हो।
यसअघि शुक्रबार आकस्मिक बैठक बसेको थियो। काठमाडौंको तीनकुनेमा भएको घटनालाई लिएर उक्त बैठक बसेको थियो। त्यसपछि यो नियमित बैठक बस्न लागेको हो।
अघिल्लो बैठकले राजावादीहरूबाट भएको हिंसात्मक घटना, लुटपाट, तोडफोड र आगजानीका घटनाको निन्दा गर्दै त्यससम्बन्धी सत्यतथ्य छानबिन गर्ने निर्णय गरेको थियो। यो घटनामा संलग्नहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।
त्यस्तै, शुक्रबारको घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ।