राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार अपराह्न केन्द्रीय कार्यालय च:मतिमा सुरू भएको छ।
बैठकमा सभापति रवि लामिछाने पनि सहभागी छन्।
पहिलो चरणमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले अध्यक्षता गरेका छन् भने त्यसपछि उनले सभापति रवि लामिछानेलाई बैठकको अध्यक्षता हस्तान्तरण गर्नेछन्।
लामिछाने सहकारी ठगी, संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका थिए। उनी ८४ दिन हिरासत बसे। साथै कास्की, काठमाडौं, रूपन्देही र चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।
उनी सोमबारदेखि पार्टीको नियमित गतिविधिमा फर्केका हुन्।
यो पनि: रास्वपा फुटाउन सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन्: रवि लामिछाने