राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा कुनै एक पक्षलाई दोष दिएर सरकार उम्कन नपाउने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले भने, ‘यो घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्कन पाउँदैन भन्ने हाम्रो ठम्याइँ छ।’
तीनकुनेमा पूर्वतयारी पर्याप्त नभएको कुरा संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेको पनि उनको भनाइ छ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। त्यसपछि तोडफोड, आगजनी र लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो।
भिडिओ: