नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सोमबारको प्रतिनिधि सभा बैठकमा चैत १५ गते तीनकुनेमा भएको घटना र सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको सन्दर्भमा बोलेका छन्।
महामन्त्री शर्माले नेपालमा संवैधानिक राजा भएर बस्ने योग्यता, क्षमता र चरित्र राजसंस्थामा नरहेको बताए भने घिसिङलाई चार महिना कार्यकाल बाँकी छँदै हटाउनु राम्रो नभएको उल्लेख गरे।
दुर्गा प्रसाईंको आह्वानमा तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको प्रदर्शनपछि तोडफोड, आगजनी र लुटपाट भएको थियो। दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनकारी र प्रहरीहरू घाइते भएका थिए।
भिडिओ: