प्रतिनिधि सभा बैठक जारी छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।
प्रतिपक्षी दलहरूले सरकारका निर्णयका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा जबाफ दिनुपर्ने माग राख्दै संसद अवरूद्ध गर्दै आएका थिए।
प्रतिपक्षीहरूले कुलमानबारे सोधेको प्रश्नको जबाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले तीनकुने घटनाबारे पनि संसदमा जानकारी गराएका थिए।
घटनामा संलग्नहरूलाई कारबाही गर्ने पनि उनले बताए।
अहिले दलका सांसदहरूले बोलिरहेका छन्।