जनमत पार्टीले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनको भर्त्सना गरेको छ।
जनमत प्रवक्ता शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै तीनकुनेमा शुक्रबार भएको प्रदर्शन र गतिविधिबारे भर्त्सना गरेको हो।
'लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार हुन्छ तर मिति २०८१ चैत १५ गते शुक्रबारको दिन केही समूहहरूले काठमाडौंको तीनकुने, कोटेश्वर तथा अन्य क्षेत्रमा प्रदर्शनका क्रममा भएका अराजक गतिविधिहरूको जनमत पार्टी घोर भर्त्सना गर्छ,' विज्ञप्तीमा भनिएको छ।
जनमतले प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुपरका सविन महर्जनको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ।