राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ।
शनिबार अपराह्न धुम्बाराहीमा बसेको बैठकमा वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्नेबारे छलफल केन्द्रित रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू उपस्थित छन्।
बैठकअघि अध्यक्ष लिङ्देन, पशुमति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीलगायतले भद्रकाली पुगेर वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई भेटेका थिए।
मिश्र र राणालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो।
शुक्रबार दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना समितिले पनि प्रसाईंको प्रदर्शनलाई समर्थन गरेको थियो। उक्त समितिमा मिश्र र राणा पनि थिए।