काठमाडौंको तीनकुनेमा शुक्रबार आयोजित राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद बैठक सुरू भएको छ।
आकस्मिक रूपमा डाकिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खरै सुरू भएको हो।
सुरक्षा परिषद बैठक बसेर त्यसलगत्तै मन्त्रिपरिषद बैठक सुरू भएको एक मन्त्रीले जानकारी दिए।
राति ८ बजे बस्ने भनिएको यो बैठक दुई घन्टा ढिलो गरी १० बजेतिर सुरू भएको हो।