प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन।
बैठक प्रधानन्त्री निवास बालुवाटारमा बस्नेछ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार दिउँसोदेखि हिंसात्मक प्रदर्शन भएपछि तीनकुने क्षेत्र दिनभर तनावग्रस्त बनेको छ।
भिड अराजक बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु आदेश पालना गराउन तीनकुने क्षेत्रमा अहिले सेना खटिएका छन्।