काठमाडौंको बालकुमारीमा पनि प्रदर्शनकारीले गाडी जलाएका छन्।
तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार बालकुमारी पारीपट्टि गाडी जलाइएको छ।
त्यसबारे प्रहरीले छानबिन गरिरहेको प्रहरीले बताएको छ।
यस्तै, कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीले आगो लगाएका छन्।
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्।
राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।