काठमाडौंको सिनामंगलस्थित नागरिक उड्डयन कार्यालय र कोटेश्वरस्थित भाटभटेनीमा आगजनी प्रयास भएको छ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडप भएको थियो।
प्रहरीले हवाई फायर, अश्रुग्यास, पानीका फोहरा र लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो।
नेकपा (एकीकृत समाजवादी), तीनकुनेका केही व्यक्तिगत घरमा आजगनी तथा नागरिक उड्डयन कार्यालय र कोटेश्वरस्थित भाटभटेनीमा पनि आजगनी प्रयास भएको छ।