राजवादीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय तोडफोड गरेका छन्।
आलोकनगरस्थि एकीकृत समाजवादीको मुख्यालयमा प्रदर्शनकारीहरू पसेर कागजात सडकमा ल्याउनुका साथै कार्यालय तोडफोड गरेको पार्टीका पोलिटब्युरो सदस्य मोहन गौतमले जानकारी दिए।
‘प्रदर्शनकारीहरूले पनि पार्टी कार्यालय तोडफोड गरिरहेका छन्। उनीहरूले आगजनीको प्रयास पनि गरेको त्यहाँ रहेका हाम्रा साथीहरूले जानकारी दिएका छन्,’ उनले भने।
बाक्लो संख्यामा प्रदर्शनकारी रहेकाले प्रहरी प्रमुखलाई स्थिति नियन्त्रणमा लिन आग्रह गरिएको उनले बताए।
-1743157390.jpg)
-1743157389.jpg)
-1743157388.jpg)
-1743157388.jpg)
-1743157384.jpg)
-1743157384.jpg)
-1743157386.jpg)
-1743157386.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी