काठमाडौंको पेरिसडाँडामा सरकारी गाडीमा आगजनी गरिएको छ।
राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका छन्। तर अहिलेसम्म गाडीको विवरण प्राप्त नभएको केन्द्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
'त्यो प्रहरी तथा सशस्त्रको गाडी भने होइन,' उनले भने, 'यसबारे हाम्रो टिमले घटना बुझ्ने काम गरिरहेको छ।'
राजावादीका समर्थकका प्रदर्शनकारीहरू तीनकुने आसपास क्षेत्रमा आगजनी र तोडफोड गरिरहेका छन्।