गृहमन्त्री रमेश लेखक र तीनवटै सुरक्षा निकायका प्रमुखहरू छलफलमा जुटेका छन्।
गृह मन्त्रालयमा गृहमन्त्री र नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरूबीच शुक्रबार अपराह्न छलफल भइरहेको हो।
काठमाडौंको तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित आन्दोलनमा उत्रिएकाहरूले तोडफोड, आगजनी गरेका छन्।
काठमाडौंकै रत्नपार्क-भद्रकाली क्षेत्रमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा जनसभा गरिरहेका छन्।
अब कसरी अघि बढ्ने भन्नेबारे सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्रीले छलफल गरिरहेको स्रोतले जनाएको छ।
तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूले निजी घरहरूमा तोडफोड र आगजनी गरेका थिए। साथै अन्नपूर्ण पोस्ट र कान्तिपुर टिभीमा पनि ढुंगा प्रहार गरेका थिए।