राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा गरेको आगजनी निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार गरेका छन्।
प्रदर्शनकारीहरूले तीनकुनेको एउटा निजी भवनमा ढुंगा हानेर तोडफोड गर्नुका साथै आगो लगाइदिएका थिए। उक्त आगो निभाउन आइरहेको दमकलको बाटो छेक्न उनीहरूले ढुंगा हानेका हुन्।
यसबीच तीनकुनेमा हिंसात्मक बन्दै गएको राजावादीहरूको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। प्रदर्शनकारीहरूले सुरक्षामा तैनाथ प्रहरीमाथि तीव्र गतिमा गाडी हुइँक्याउन खोजेका थिए। उनीहरूले निषेधित क्षेत्र तोड्न गाडीलाई नै हतियारका रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ।