उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेकाे अहिलेकाे संविधानकाे विकल्प नभएकाे बताएका छन्।
बनेपा नगरपालिकाकाे स्थापना दिवसका अवसरमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानकाे अहिले विकल्प नभएकाे बताए।
‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमीकमजाेरी छन् भने विधि र प्रक्रियाबाट संशाेधन गर्नेबाहेक अरू विकल्प छैन,´ उपप्रधानमन्त्री सिंहले भने।
उनले जस्ताे चुनाैती आए पनि संविधानकाे बाटाेबाट समाधान खाेज्नुपर्ने बताए।
अहिलेकाे परिवर्तन उसै प्राप्त नभएकाे भन्दै उनले जनताकाे संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैकाे हितमा हुने बताए।
उपप्रधानमन्त्री सिंहले नागरिककाे जीवन र जिविकाेपार्जन सहज हाेस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेकाे पनि बताए।