उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालय शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसको शिक्षा विभागले बुधबार गरेको `विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार´ कार्यक्रममा बोल्दै सिंहले विद्यालय शिक्षा विधेयक प्रभावकारी बनाउनुपर्ने बताए।
‘अहिले शिक्षाकाे धेरै अधिकार स्थानीय तहमा रहेकाे भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सराेकारवालाहरूकाे सुझाव आवश्यक छ,’ सिंहले भने।
साथै उनले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए।
शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने उनको भनाइ छ।
कार्यक्रममा नगर प्रमुख र उपप्रमेखहरूले शिक्षा विधेयमाथि पालिकाकाे धारणा र सुझाव राखेका थिए।
विभाग प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमाथि दिएका सुझाव समेटिने बताएका छन्।