प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए।
तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन्। प्रधानमन्त्री सत्ता गठबन्धन बैठकमा बालुवाटारमा थिए।
विपक्षी दलहरूले उठेर विरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए।