राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।
मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो।
लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा समर्थन गर्ने निर्णय भएको छ।
'वैशाख ४ र ७ गतेबाट काठमाडौं केन्द्रीत कार्यक्रम निरन्तर अघि बढाएर राप्रपा पूर्ण रूपले आन्दोलनमा होमिने निर्णय गरेको छ,' उनले भने।