संसदीय समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो। त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भई पारित गरिएको थियो।
समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए।
उनले अब प्रतिनिधि सभामा पेस गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए।
उनले भने, ‘हामी लगातार विधेयकमा नै छौँ। अरू कार्यक्रममा पनि भेट हुने नै छ। मान्यज्युहरूलाई यो प्रतिवेदन पारित गरिदिनका लागि प्रस्ताव गर्दछु। सुझाव सहितको प्रतिवेदन पारित भएको छ। प्रतिनिधि सभामा प्रतिवेदन प्रस्तुत गर्नका लागि सम्माननीय सभामुखसँग समय माग गर्ने। हामीले यो विधेयक आज पास गरेका छौँ।’
समितिमा लामो समयदेखि भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो। आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो। –न्युज एजेन्सी नेपाल