बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो।
मंगलबार अपराह्न सत्तारूढ दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्। छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो।