प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै कार्यक्रममा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्ने क्रममा विपक्षी दल नेता भनेका छन्।
सुजाता कोइरालाले लेखेको 'म र मेरो सानोबुवा' पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विपक्षी दल नेता भनेपछि सहभागीहरू हाँसेका थिए।
अहिले कांग्रेस-एमाले लगायत दलको सरकार छ।
‘विपक्षी दलका नेता, संसदमा। ए विपक्षी दल नेता होइन, अहिले त हामी सरकारमा पो छौं त है,’ बालुवाटारमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी।’
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले लेखेको पुस्तक विमोचनमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा, नेता शशांक कोइराला र शेखर कोइरालालगायत उपस्थित थिए।