काठमाडौंको अमृत साइन्स क्याम्पसको स्ववियु चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्षसहित प्यानल नै जितेको छ।
२०७९ को स्ववियु निर्वाचनमा यहाँ अखिल क्रान्तिकारीले अध्यक्ष जितेको थियो। यसपटक एमाले अखिलले जित फर्काएको छ।
अनेरास्ववियुका अध्यक्षका उम्मेदवार रूद्रहरि पोखरेल ६८९ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेलले ३६३ मत ल्याए।
नेविसंघका अध्यक्षका प्रत्यासी राजु लामिछानेले १५७ मत पाए।
त्यस्तै राप्रपा निकट विद्यार्थी संगठन राप्रविसंघका मिरन थापा मगरले ५८ र नेमकिपा निकट विद्यार्थी संगठन नेक्राविसंघका सबिता खर्बुजाले १७ मत ल्याए।
सचिवमा अनेरास्ववियुका उम्मेदवार गोपालबहादुर शाहीले ६३५ मत प्राप्त गरेर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेविसंघका प्रशान्त भट्टले ३४३ मत ल्याए।
सचिवमा अखिल क्रान्तिकारीका उम्मेदवार भोजराज खड्काले २३२, राप्रविसंघका रमेश पौडेलले ७० मत ल्याए।
कोषाध्यक्षमा एमाले अनेरास्ववियुका उम्मेदवार विवेक कोइरालाले ७२७ मत ल्याएर निर्वाचित हुँदा अखिल क्रान्तिकारीका अरूणा विश्वकर्माले २४८, नेविसंघकी सविता महर्जनले २८८ मत ल्याइन्। राप्रविसंघका उम्मेदवारले सजीव पौडेलले २३ मत ल्याए।
समानुपातिकतर्फ अनेरास्ववियुले ६७२ मत प्राप्त गर्यो। अखिल क्रान्तिकारीले २७४, नेविसंघले २६० र राप्रविसंघले ७३ मत ल्यायो।
त्रिभुवन विश्वविद्यालयको आंगिक अमृत साइन्स क्याम्पसको स्ववियु चुनावमा १९४८ मतदाता थिए। विद्युतीय भोटिङ मेसिनबाट भएको मतदानमा १२९४ मत खसेको थियो।