काठमाडौंं महानगरका मेयर बालेन शाहले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूलाई हराउने नाममा देशलाई नहराउन आग्रह गरेका छन्।
आइतबार फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले उक्त कुरा लेखेका हुन्।
'मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,' उनले लेखेका छन्, 'यत्रो गणेशमान सिंह, पि.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।'
यस्तै, मेयर बालेनले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास सधैं कुरामा मात्रै सीमित भएको बताएका छन्।