मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियुमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल (क्रान्तिकारी)ले जित हासिल गरेको छ।
अखिल क्रान्तिकारीका कपिल विष्ट अध्यक्षमा निर्वाचित हुँदा एमाले अखिलका प्रशान्त पोखरेल पराजित भए।
विस्टले उनले १९५ प्राप्त गर्दा पोखरेलले १६१ मत पाएका छन।
यहाँ क्रान्तिकारीले अध्यक्षसहित कोषाध्यक्ष र सबै सदस्य पद जितेको छ।
स्ववियुको सचिवमा एमालेनिकट अनेरास्ववियुका अर्जुन कोइराला, कोषाध्यक्षमा नवराज थापा निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा सोहन लिम्बू, ओम प्रतीक चौधरी, विक्रम तामाङ, निकेश सुवेदी, सलन राई र सुस्मिता थापा निर्वाचित भएका छन्।