नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादीहरू एकै ठाउँमा आउने दाबी गरेका छन्।
शनिबार चितवनमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्व माओवादीहरू अबै एकै ठाउँमा आउने बताएका हुन्।
'माओवादीहरू सबै एक हुन्छन्। अब एक ठाउँमा आउनुको कुनै विकल्प नै छैन,' उनले भने।
त्यसका लागि बरू आफूले जे गर्नुपर्ने हो त्यो सबै गर्न तयार रहेको प्रचण्डले भने।
उनले पूर्वमाओवादीलाई मात्र नभई समाजवादी मोर्चालाई पनि एउटै केन्द्रमा ल्याउने कोसिस भइरहेको बताए।
'एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ। त्यसो भयो भने यो देशमा अर्को असाधारण परिस्थिति बन्छ, रेकर्ड बन्छ। त्यो बनाउनु पर्छ,' उनले भने।