ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको बताए।
'दैनिकी जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो स्रोत अत्यन्त ठूलो अत्यन्त ठूलो उपयोगी छ । खासगरी नेपालका लागि त क्रान्तिकारी आर्थिक समृद्धिको तर्फ पानीको प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौँ,' उनले भने।
ऊर्जामन्त्री खड्काले जलस्रोतहरु नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर दिए।
जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको बताए । हिमनदीहरु खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको बताए।
मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताए । -न्युज एजेन्सी नेपाल